रिहा भए लगत्तै पुनः पक्राउ परे शेखर गोल्छा

Headlines समाचार

काठमाडौं, वैशाख २१ । सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका उद्योगी शेखर गोल्छा पुनः पक्राउ परेका छन्।

अदालतको आदेशपछि आज रिहा भएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो।

सोमबार गोल्छाको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुने र उनी छुट्न सक्ने आशंका गर्दै प्रहरीले दिउँसै अदालतबाट पक्राउ पुर्जी लिएको थियो। सोही आधारमा गोल्छालाई पुनः पक्राउ गरी बिमा सम्बन्धी अनुसन्धान अघि बढाइएको छ।