भारतमा माओवादीको आक्रमणमा परी १६ जना सुरक्षाकर्मीको मृत्यु

विविध

भारतको महाराष्ट्रमा माओवादीको आक्रमणमा परी १६ जना सुरक्षाकर्मी मारिएका छन् ।माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराउँदा उनीहरु मारिएका हुन् । बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । माओवादी लडाकुले आईईडी बिस्फोट गराएको जनाइएको छ । बिस्फोटपछि सुरक्षाकर्मी र माओवादी लडाकुबीच गोली हानाहान भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।