चिनियाँ संचारमाध्यमले सगरमाथा चीनमा पर्ने उल्लेख गरेका कारण सामाजिक संजालमा विरोध भएपछि उक्त ट्वीट सच्याएको छ ।
चीनको चाइना ग्लोबल टेलिभिजन नेटवर्क नामक समाचार च्यानलले ट्वीटरमा एक फोटो सार्वजनिक गर्दै सगरमाथा चीनमा पर्ने जनाएको थियो ।
सीजीटीएनले आधिकारिक ट्वीटरमा यस्तो लेखेको थियो,”शुक्रबार आकाशमा एक असाधारण सूर्य प्रभामण्डल, कोमोलांग्मा हिमाल माथि देखिएको छ जसलाई सगरमाथा पनि भनेर चिनिन्छ । यो विश्वकै सर्वोच्च शिखर हो जुन चीनको तिब्ब्त स्वायत्त क्षेत्रमा पर्दछ ।”

यो ट्वीट गलत भएको भन्दै सामाजिक संजालमा चर्को विरोध भएपछि उक्त संचारमाध्यमले सच्याएको हो ।
सच्याइएको ट्वीटमा लेखिएको छ,”मे १ मा एक असाधारण सूर्य प्रभामण्डल कोमोलांग्मा हिमाल माथि देखिएको थियो, चीन नेपाल सिमामा अवस्थित विश्वको सवोच्च शिखर ।”
सगरमाथा नेपालमा पर्ने भन्दै यो ट्वीट सच्याउन माग गरिएपछि आइतबार यस्तो ट्वीट गरिएको हो ।
भारतले सिमा मिचेको विषयमा विरोध भइरहँदा चिनियाँ संचारमाध्यमको यस ट्वीटले सामाजिक संजाल तताएको छ ।
सच्याउन अघिको ट्वीट

सच्च्यायिएको ट्वीट
In pictures📸: An extraordinary sun halo was spotted on May 1 in the skies over Mount #Qomolangma, the world's highest peak located on the China-Nepal border pic.twitter.com/TMEY5aT4yl
— CGTN (@CGTNOfficial) May 10, 2020
