जङ्गली च्याउ खाएर एकको मुत्यु

विविध

काठमाडौं । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराती विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो । बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो ।सो अस्पतालले यही २३ गते नोबेल रिफर गरेको थियो । गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकाङ्क्षा बिरामी भएका प्रहरीले जनाएको छ ।