बुटवल,बैशाख २४ गते । कोरोना संक्रमण बढिरहेको प्रदेश ५ मा उपचारका लागि क्षमता बिस्तार हुने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा गठन भएको कोरोना संकट ब्यवस्थापन केन्द्रको बैठकले त्यस्तो निर्णय गर्दै कोरोनाको बढि संक्रमण देखिएको नेपालगञ्जमा नेपाली सेना र नेपाल प्रहरीका अस्पतालहरुलाई समेत प्रयोग गर्ने निर्णय गरेको हो ।
