लकडाउनको भयानक असर पर्यटन क्षेत्रमा

विविध

६ महिनासम्म सम्पूर्ण कर्मचारीको तलब कटौतीको घोषणा

काठमाडौं । लामो लकडाउनका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिएको छ । होटल संघ नेपालले आइतबार लकडाउनका कारण एक वर्षसम्म असर देखिने निष्कर्ष निकाल्दै आगामी ६ महिनासम्म सम्पूर्ण कर्मचारीको तलब कटौतीको घोषणा गरिएको छ ।

जस अनुसार ६ महिनासम्म अर्थात असोज मसान्तसम्म प्रतयेक महिनाको आधारभूत तलबको १२.५ प्रतिशतको दरले हुन आउने रकम उपलब्ध गराउनुका साथै सेवाशुल्क उपलब्ध गराउने होटलहरुले श्रमिकले पाउने सेवा शुल्क मौजादबाट प्रत्येक महिना उपलब्ध गराउने निर्णय गरिएको छ ।

यो निर्णयअनुसार पारिश्रमिक लिन नचाहनेको हकमा श्रम ऐनअनुसार कर्मचारी कटौतीका लागि प्रक्रिया चलाइ आंशिक रुपमा वा पूर्णरुपमा कर्मचारी कटौती गर्ने उल्लेख गरिएको छ ।

यो निर्णय सबै सदस्य होटलले पालना गर्नुपर्ने सर्कुलर समेत गरिएको छ ।