हुण्डी कारोवारी पक्राउ

विविध

काठमाडौं, वैशाख २०ः काठमाडौँ महानगरपालिका-१३ टङ्केश्वरस्थित कनक पेट्रोलपम्प नजिकबाट हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुका साथबाट प्रहरीले नगद रु २४ लाख २१ हजारसमेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउपर्नेमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेशकुमार गुप्ता र काठमाडौँ नयाँ बानेश्वर बस्ने बाग्लुङका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन् ।

उक्त रकममध्ये गुप्ताको साथबाट रु छ लाख २१ हजार र श्रेष्ठको साथबाट रु १८ लाख बरामद भएको हो । उक्त स्थानमा हुण्डी कारोवार गरिरहेको भन्न सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।