लकडाउनमा तरकारी लिन निस्किएका , बिहे गरेर फर्किएपछि

विविध

यो अचम्मको विवाह भारतको उत्तर प्रदेशको गाजियाबाद जिल्लामा लकडाउनका बेला एक व्यक्ति तरकारी र खाद्यवस्तु लिन घरबाट बाहिर निस्किएका थिए तर घर फर्किंदा उनि बेहुली लिएर गए । लकडाउनमा तरकारी लिन गएका छोरा दुलही लिएर घर भित्रिँदा युवककी आमाको होश उड्यो । रिसाएका युवककी आमाले दुलहीलाई आफ्नो घरमा प्रवेश गर्न दिइनन् । त्यसपछि यो पूरा घटना पुलिस थाना पुग्यो ।

दुलहीको पहिरन लगाएक युवती र उनीसँग एक युवा थानामा उपस्थित थिए । त्यहाँ युवककी आमा आइन् र लकडाउन उल्लंघन गर्ने छोरालाई घरभित्र प्रवेश हुन नदिने बताइन् । भारतीय मिडिया आजतकका अनुसार थानामा युवतीकी आमाले चिच्याउँदै भनिन्, ‘छोरा खाद्य सामग्री लिन गएको थियो र केटी विवाह गरेर ल्यायो । यी दुईले विवाह गरेको कुनै प्रमाण छैन ।’

युवकलाई प्रहरीले सोध्दा आफूहरुले मन्दिरमा विवाह गरेको बताए ।

युवककी आमा राजी नभएपछि पुलिसले दुलहा–दुलहीलाई छुट्टै भाडामा बस्न सल्लाह दिए ।