वीरगञ्ज जान लागेका दुर्गा प्रसाईँ काठमाडौंमै पक्राउ

राजनीति

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईँ काठमाडौंको चाल्नाखेलबाट पक्राउ परेका छन्।

काठमाडौंबाट वीरगञ्ज जाने क्रममा उनलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो।

वीरगञ्जमा कार्यक्रम गर्ने तयारीमा रहेका प्रसाईँलाई पक्राउ गरी थप अनुसन्धानका लागि साइबर ब्युरोमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि पनि उनी २८ चैतमा भारतबाट पक्राउ परेका थिए। त्यतिबेला तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनमा उनको संलग्नता रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो।