रोल्पाको त्रिवेणी गाउँपालिकामा बम विस्फोट हुँदा ४ जना बालबालिकाहरुको ज्यान गएको छ । बिहीबार साँझ ६ बजे त्रिवेणी गाउँपालिका–४ गैरी गाउँको मैतीगातिनामा बम विस्फोट हुँदा ४ जना बालबालिकाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमध्ये दुई बालबालिका एकै परिवारका रहेको प्रजिअ ढकालले बताउनुभएको छ ।। मृत्यु हुनेहरुमा ५ वर्षीय विजय खत्री, ११ वर्षीया विमला खत्री, ११ वर्षीय गौरव नेपाली र १३ वर्षीय नेखीराम छन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । सेनाको डिस्पोजल टोली त्यहाँ पुगेपछि मात्रै शव उठाइने प्रहरीले जनाएको छ ।

