प्रचण्डलाई गाली गरेको अभियोगमा पत्रकार दीपक पाठक पक्राउ

विविध

 रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका छन् । नेकपाका पुष्पकमल दाहाल ९प्रचण्ड०लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको भन्दै उनलाई आज बिहान पक्राउ गरिएको हो ।

झापा घर भएका पाठकलाई साइबर  ब्यूरोले प्रचण्डलाई गाली गरेको अभियोगमा पक्राउ गरेको जनाइएको छ । उनले प्रचण्डलाई सामाजिक संजालमार्फत निरन्तर गालीगलौज र आपत्तिजनक टिप्पणी गरेको बताइएको छ ।