नेकपाबाट भक्तपुर २ मा दिपशिखाको उम्मेदवारी

राजनीति

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उमेदवारी दर्ता गराएका छन् ।

मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । सापकोटा पहिलोपटक आम निर्वाचनमा उम्मेदवार बनेका हुन् ।

उम्मेदवारी दर्ता गरेपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जतिबेला जनताले मलाई खोज्छ त्यहाँ आफू उपस्थित हुने बताए । उनले आफ्ना मतदाताको जहाँ समस्या छ त्यहाँ दुःखमा र सुखमा उभिने बताए ।

उनले भने, ‘जहाँ जनताले मलाई बोलाउँछ त्यहाँ म सुनिने छु । जतिबेला जनताले मलाई खोज्छ म त्यहाँ उपस्थित हुनेछु । म सुन्ने छु, उभिने छु । मेरो मतदाताको जहाँ समस्या छ म त्यहाँ उभिने छु । सबैभन्दा बढी दुःखमा उभिने छु, सुखमा उभिने छु । जहाँ अप्ठ्यारो पर्छ मेरो मतदातालाई त्यहाँ म उपस्थित हुनेछु ।’ सो क्षेत्रबाट एमालेका महेश बस्नेतको पनि उम्मेदवारी परेको छ ।