बलिउडका ओरिजिनल चकलेट बोय “ऋषि कपूर” को ६७ वर्षको उमेरमा देहान्त

विविध

दुई वर्षको क्यान्सरसँग्गको लडाईपछि अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा मृत्यु भएको छ । ऋषिले मुम्बईको सर एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा अन्तिम सास फेर्नुभयो। उनकी पत्नी र अभिनेत्रि नीतू कपूर उनको साथमा थिए, उनका भाई रणधीर कपूरले हिन्दुस्तान टाइम्सलाई उधृत गर्दै भने – “हो, उहाँ अब हुनुहुन्न” । बलिउड महानायक अमिताभ बच्चनले ट्वीटमा उनको देहान्त पुष्टि गर्दै दुख : व्यक्त्त गरेका छन् ।

हिन्दी सिनेमाको पहिलो सिने परिवारमा जन्मेका ऋषि कपूर भारतका सोम्यान दिवंगत अभिनेता राज कपूरको दोस्रो छोरा र प्रसिद्ध अभिनेता पृथ्वीराज कपूरका नाति थिए र रणधीर, रितु नन्द, रीमा जैन र राजीव कपूरको भाई थिए।उनले आफ्नो क्यारियर्को प्रारम्भ आफ्नो बुबाको फिल्म मेरा नाम जोकर (१९७ ) मा बाल कलाकारको रूपमा गरे , जसको लागि उनले फिल्म फेयर अवार्ड पनि जितेका थिए। वयस्कको रूपमा उनको पहिलो भूमिका डिम्पल कपाडिया संग आइकनिक फिल्म बबी -१९७३ थियो । उनले यस फिल्मका लागि १९७४ मा फिल्मफेयर सर्वश्रेष्ठ अभिनेता पुरस्कार पनि पाएका थिए ।

उनले सन् १९७३ – २००० बीचमा ९२ वटा फिल्महरूमा रोमान्टिक अभिनय गरेका थिए र सन् २००८ मा फिल्मफेयर लाइफटाइम अचीवमेन्ट अवार्डबाट सम्मानित भइसकेका थिए। उनले १२ वटा फिल्महरूमा उनकी पत्नी नीतू सिंहसंग अभिनय गरेका थिए ।

अमर अकबर एन्थोनी, लैला मजनु, रफु चक्कर, सरगम, कर्ज, बोल राधा बोल आदि जस्ता हिट फिल्महरूको उनि हिस्सा थिए। आफ्नो क्यारियरको पछिल्लो चरणमा, उनी कपूर एण्ड संस, डी-डे, मुल्क र १०२ नट आउट जस्ता फिल्महरूमा देखिएका थिए ।

अन्तिम पटक इमरान हाश्मीको द बॉडीमा उनी देखिएका थिए र हालै उनले आफ्नो अर्को प्रोजेक्ट, हलिउड फिल्म ‘द इंटर्न’ को रीमेक घोषणा गरेका थिए, जसमा दीपिका पादुकोण पनि थिए।

उनको मृत्युले भारतलाई स्तब्ध र विचलित तुल्याएको छ । एक दिन पहिले अभिनेता इरफान खानको मृत्युको शोक झेलिरहेका प्रशंसक र सहकर्मीहरूले दुखः व्यक्त गरेका छन् । अक्षय कुमारले बुधवार एक दिन अगाडि अभिनेता इरफान खानको निधन पछि यसलाई बलिउडका लागि दुःस्वप्न भने। “यस्तो देखिन्छ कि हामी एक दुःस्वप्नको बीचमा छौं । भर्खर ऋषि कापूरजी बितेको निराशाजनक समाचार सुने, यो हृदय विदारक छ। उहाँ एक महान व्यक्तित्त्व , एक महान को-स्टार र परिवार को एक राम्रा मित्र थिए । मेरो प्रार्थना उनको परिवार संग छ उनले ट्वीट गरेका छन् ।

ऋषिको अस्पतालमा भर्ति अभिनेता रणधीर कपूरले पुष्टि गरेका थिए। उनले भनेका थिए -“यो सत्य हो कि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उहाँ सर एच एन रिलायन्स फाउंडेशन अस्पतालमा हुनुहुन्छ। उहा राम्रो हुनुहुन्नथ्यो र केही समस्या थियो, त्यसैले हामीले बिहान उनलाई बिहान भर्ना गर्यौ ”। यो आपतकालिन अवस्था हो कि भनेर सोध्दा, रणधीरले भने: “यसैले उनी अस्पताल गएका छन्। तर मलाई थाहा छ कि उनी ठीक छन् , नीतू (कपूर) साथै छिन् । “

सन् २०१८ मा ऋषि कपूरलाई क्यान्सर भएको पत्ता लागेको थियो , जसपछि उपचारको लागि एक बर्ष भन्दा बढी उनी न्यूयोर्कमा थिए। यस वर्ष उनी भारत फर्किंदा फेब्रुअरीको शुरुमा नयाँ दिल्लीको अस्पतालमा भर्ना हुनु भएको थियो।