काठमाडौँ – गोदावारी नगरपालिका – १२ ठेचो बस्ने खोटाङ सितापोखरी घर भएका मदन कुमार राईको खाजाघरमा बुधबार बिहान ग्याँस लिक भई आगलागी हुँदा करिब ७ लाख २५ हजार ७ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट उक्त खाजाघरको टहरा, सुनको सिक्री, चाँदीको ब्रास्लेट, फर्निचर, लत्ताकपडा, भाँडाकुँडा लगायतको धनमाल जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो । महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
