काठमाडौँ – बहराइनमा एकैदिन थप ७७ नेपाली कोराना भाइरसबाट संक्रमित देखिएका छन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो ।
एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएका छन् । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ। यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन् ।
