काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्बको कुल २० प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरणको निर्णय गरेको छ।
साधारसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन आदि पारित गरेको कम्पनीले जनाएको छ।
यस्तै, बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने (वर्तमान लेखापरीक्षक श्री एसएआर एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, पुनः नियुक्तिका लागि योग्य रहने प्रस्ताव पारित भएको छ।

कम्पनीका अनुसार साधारणसभाले स्वतन्त्र सञ्चालक नियुक्ति, सञ्चालक समिति सदस्यको सेवा–सुविधा, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्च अनुमोदन प्रस्ताव पारित गरेको छ।
