काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको उज्यालो नेपाल पार्टी (उनेपा) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित भएको छ।
१४ पुसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको उपस्थितिमा भएको सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको पहिलो वरियताका उपसभापति बनेका छन्।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज समानुपातिकतर्फको बन्दसूची बुझाउने अन्तिम समयसीमा छ। रास्वपा र उनेपाबीच एकता भएपछि दुवै पार्टी घण्टी चुनाव चिह्नबाट संयुक्त रूपमा चुनावी मैदानमा उत्रने भएका छन्।

एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने र उनेपाका अध्यक्ष अनुप उपाध्यायले संयुक्त हस्ताक्षर गरेका छन्।
