एमालेमा टेन्सन बन्दसत्र सर्‍यो, ओलीले बोलाए केन्द्रीय कमिटी बैठक

राजनीति

काठमाडौँ । नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

केन्द्रीय कमिटी बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ । बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ ।

देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।

महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।