काठमाडौंमा दुई पटक भूकम्पको धक्का, केन्द्रविन्द्र धादिङको नौबिसे

समाचार

११ वैशाख, काठमाडौं । धादिङको नाैबीसेलाई केन्द्रविन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।

भूकम्पमापन केन्द्रका अनुसार बिहान ६ बजेर २९ मिनेटमा ५.२ रेक्टरको भूकम्प गएको हो । त्यसको ११ मिनेटपछि ४.३ रेक्टर स्केलको अर्को पराकम्प गएको छ ।