काठमाडौं— सानिमा बैंक लिमिटेडले मिति २०८२ साल मंसिर २१ गते आफ्नो स्थापनाको २१ औं वर्ष सफलताका साथ पूरा गरेको छ। दुई दशकभन्दा बढी समयदेखि ग्राहकहरूलाई निरन्तर सेवा र प्रतिबद्धताका साथ सेवा दिँदै आएको सानिमा बैंकले यस उपलक्ष्यमा आफ्नो २१ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ।
बैंकले यस महत्त्वपूर्ण अवसरमा आफ्ना ग्राहकवर्ग तथा सम्पूर्ण सरोकारवालाहरू प्रति बैंकिङ्ग यात्रामा निरन्तर सहयोग पुर्याउनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
बैंकको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार आचार्यज्यू ले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले बैंकको लक्ष्य प्राप्तिका लागि सामूहिक प्रयास गर्न सबै कर्मचारीहरूलाई सँगै अघि बढ्न प्रोत्साहन गर्नुभयो।

सानिमा बैंकले देशभरि आफ्नो सेवा विस्तार गर्दै आएको छ। बैंकको हाल सातै प्रदेश मा १३४ वटा कार्यालयहरू र १२७ वटा ए.टि.एम. (ATM) सञ्चालनमा रहेका छन्।
