काठमाडौं । हितेन्द्रदेव शाक्यलाई सोमबार सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणमा पुनर्वहाली गर्न आदेश छ ।
सोमबार न्यायाधीशद्धय नहकुल सुवेदी र श्रीकान्त पौडेललेको इजलाशले जल तथा उर्जा आयोग विशेषज्ञमा सरुवा गर्ने निर्णय बदर गरेको हो ।
सोमबार अदालतले शाक्यलाई पुनर्वहालीको आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेको छ । घिसिङ सुशीला कार्की नेतृत्वको सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए । शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका थिए ।
शाक्यले आफूलाई प्राधिकरणबाट हटाएको विरोधमा गत कात्तिक १७ गते नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार समेत ८ जनालाई विपक्षि बनाएर सर्वोच्च अदालत गएका थिए । उनको यो मुद्दामा सर्वोच्चले रिट जारी गरेसँगै यस अघिको हितेन्द्र शाक्य र कुलमानको मुद्दाको भने रिट खारेज गरिदिएको छ ।

