काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा एआईको प्रयोग बढ्दै गइरहेको पृष्ठभूमिमा ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’ (एआई मार्गदर्शन) को मस्यौदा सार्वजनिक गरेको छ।
मार्गदर्शनमा सुधार वा सुझाव दिन चाहने सरोकारवालालाई पुस १५ भित्र nrbbfirdppd@nrb.org.np मा इमेल भेज्न अनुरोध गरिएको छ।
केन्द्रीय बैंकका अनुसार एआई प्रयोगसँग जोडिएका सम्भावित जोखिमको पहिचान, त्यसको न्यूनीकरण र सुरक्षित रूपमा अधिकतम उपयोग सुनिश्चित गर्न मार्गदर्शन तयार गरिएको हो।

मार्गदर्शनको मुख्य उद्देश्य नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको डिजिटल शासन (digital governance) तथा नियमनलाई थप प्रभावकारी बनाउँदै एआईको सुरक्षित र जिम्मेवार प्रयोगलाई संस्थागत गर्नु हो।
राष्ट्र बैंकले जारी गरेको यो एआई मार्गदर्शन इजाजतपत्र प्राप्त सबै बैंक तथा वित्तीय संस्थामा लागू हुने छ।
