काठमाडौं। सरकारले जारी लकडाउनलाई थप १० दिन लम्ब्याउने निर्णय गरेको छ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि २५ वैशाखसम्म थप्ने निर्णय गरेको हो।
यसअघि २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले बढाएको लकडाउनको समय भोलि राति १२ बजे सकिँदै थियो।

मन्त्रिपरिषद्को १२ वैशाखको बैठकले उच्चस्तरीय समितिलाई लकडाउनका सम्बन्धमा प्रस्ताव ल्याउन निर्देशन दिए बमोजिम समितिले हिजै कार्यदल बनाएको थियो।
कार्यदलले एक हप्ता अवधि बढाउने सुझावसहितको प्रतिवेदन समितिलाई बुझाएको थियो।
कोभिड-१९ को जोखिमलाई ध्यान दिँदै सरकारले ११ चैतदेखि नेपालभर लकडाउन लागू गरेको थियो।
