‘फागुन २१ निर्वाचन : प्रधानमन्त्री कार्की आज दल र सुरक्षा निकायसँग निर्णायक छलफलमा’

राजनीति

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारीबारे छलफल गर्न राजनीतिक दलका नेताहरु, सुरक्षा निकायका प्रमुख र निर्वाचन आयोगका पदाधिकारीलाई बोलाएकी छिन् । छलफल आज हुने जनाईएको छ ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुलाई डाकिएको छ । प्रधानमन्त्री कार्कीले लगातार निर्वाचनको तयारीको सम्बन्धमा दलका नेताहरु, जेनजी अगुवाहरु, सुरक्षा निकायका प्रमुखहरु र निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिरहेकी छिन् ।

२१ फागुनको निर्वाचनको लागि नेपाली सेना परिचालन गर्न राष्ट्रपतिबाट स्वीकृति प्रदान भइसकेको छ ।