नेपाल बैंकर्स संघमा नेतृत्व फेरबदल: चार बैंकर कार्यसमितिमा

बैंक/वित्त

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमिति सदस्यमा चार बैंकर चयन भएका छन्।


बुधबार सम्पन्न एबीए (एनबीए) को साधारणसभाले तीन नयाँ र एक दोहोरिने सदस्यलाई कार्यसमितिमा भित्र्याएको हो।

सदस्यमा प्राइम बैंकका सीईओ सञ्जीव मनान्धन दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन्। त्यस्तै लक्ष्मी सनराइज बैंकका सीईओ अजयविक्रम शाह, नबिल बैंकका मनोज ज्ञवाली र नेपाल एसबीआई बैंकका रामकुमार तिवारी नयाँ सदस्यका रूपमा चयन भएका छन्।

प्रभु बैंकका सीईओ अशोक शेरचन प्रहरी हिरासतमै रहेको अवस्थामा उनको कार्यकाल पनि सकिन लागेकाले नयाँ सदस्य चयन गरिएको संघले जनाएको छ।

यसअघि कार्यसमितिमा रहेका सानिमा बैंकका सीईओ निश्चल पाण्डेको कार्यकाल सकिएको छ। सिद्धार्थ बैंकका सुन्दर कँडेलको कार्यकाल केही दिनमा सकिँदै छ।

साधारणसभाले बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै माछापुच्छ्रे बैंकका पूर्व अध्यक्ष डा. उपेन्द्र महतोलाई सम्मान पनि गरेको छ।