मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र, मधेशमा नयाँ सरकार गठनको आह्वान

राजनीति

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् ।

उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राखदै मुख्यमन्त्री पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनेकोमा आफ्नौ मनत्व्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए । उनले मनत्व्य राखिरह्दा ७ राजनितिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । यसबीच प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई दाबी पेश गर्न आह्वान गरेका छन् ।

यो संगै दलहरु पुनः छलफलमा जुटेका छन् । आज दिउँसो बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भनिएकोमा उनले बैठकमै राजीनामा दिएको घोषणा गरेका थिए ।