बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

समाचार

पोखरा विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमानमा चरा ठोक्किएको छ। काठमाडौँबाट पोखराका लागि उडेको विमान धावनमार्गमा अवतरणका क्रममा चरासँग ठोक्किएको हो ।

कल साइन एनएओसी तथा फ्लाइट नम्बर ६१७ को बुद्धको विमानमा भएको क्षतिबारे प्राविधिकहरुले अध्ययन गरिरहेको बताइएको छ । यात्रु तथा चालक दलका सदस्य सकुसल रहेको जनाइएको छ ।