हुम्ला, वैशाख १३ः हुम्ला जिल्लाका उपभोक्तालाई नुनको अभाव हुन नदिनकालागि लकडाउनको समयमा समेत साल्ट टेड्रिङ कम्पनीले नुन ढुवानी गर्न थालेको छ ।
आर्थिक वर्ष ०७६/०७७ कालागि २ हजार ७ सय ४४ क्वीन्टल नुन ढुवानी गर्न थालिएको साल्ट्र टेडिङ हुम्लाले जनाएको छ ।
६ महिना अघीदेखि नुन ढुवानी गरिएपनि लकडाउन शुरु भएपछि रोकिएको थियो । हुम्लामा चामल ढुवानी गर्ने काम सकिएपछि नुनको ढुवानी गर्न थालिएपछी उपभोक्तालाई सहज हुने साल्ट ट्रेडिङले जनाएको छ ।

