Safety Breach Alert: क्यानले क्याप्टेन विजय लामा र सोनी राणालाई गर्यो ग्राउन्डेड

समाचार

काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) ले उडान नियम उल्लंघन गरेको आरोपमा दुई पाइलटलाई कारबाही गरेको छ। कारबाहीमा परेकामा क्याप्टेन विजय लामा र पाइलट सोनी राणा छन्।

क्यानका अनुसार उडानका क्रममा फोटो तथा भिडियो खिचेर प्रचलित उडान सुरक्षा मापदण्ड विपरीत गतिविधि गरेको पाईएपछि दुवै पाइलटविरुद्ध सोहीअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्राधिकरणले दुवैलाई अर्को सूचना नआएसम्म उडानबाट निलम्बन गरेको जनाएको छ। क्याप्टेन विजय लामा यसअघि पनि नियम उल्लंघनसम्बन्धी कारबाहीमा परेका थिए।