नेक्सजेन म्यानेजमेन्टले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

कर्पोरेट

काठमाडौ । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १५ लाख  कित्ताले हुन आउने १५ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त शेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्टको तर्फवाट प्रबन्ध संचालक रमेश कुमार भट्टराई तथा सनराइज क्यापिटलका तर्फवाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच मंसिर ०८ गते सम्झौता भयो ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी एक अर्ब तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार ६ वर्ष खुद मुनाफा आर्जन गरिरहेको छ । गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ शेयरको अंकित मुल्य भन्दा बढी रहेको छ ।

कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा वीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह हुन। सम्झौता समाहरोहमा कम्पनीका शेयरधनी विजय बहादुर शाह र कमल पन्थीको उपस्थिति रहेको थियो ।