५ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ

बजार

काठमाडौं । आज मंगलबार एकैदिन सुनको मूल्य ह्वात्तै वृद्धि भएको छ । आज सुनको भाउ तोलाको ५ हजार २ सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार हिजो सोमबार सुनको मूल्य २ लाख ४२ हजार ७०० रुपैयाँ रहेकोमा आज २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ ।

चाँदीको भाउ तोलाको ८५ रूपैयाँले बढेर ३ हजार २०० रुपैयाँ पुगेको छ ।