WhatsApp Security Collapse! — ३.५ अर्ब मोबाइल नम्बर लिक, विश्वभरीकै प्रयोगकर्ता जोखिममा! 

अन्तराष्ट्रिय समाचार

विश्वकै सबैभन्दा लोकप्रिय इन्स्टेन्मेट सेजिङ एप व्हाट्सएप गम्भीर सुरक्षा कमजोरीका कारण विवादमा परेको छ।
हालै उक्त एपका करिब ३.५ अर्ब (३५० करोड) प्रयोगकर्ताका मोबाइल नम्बर अनलाइन लीक भएको खुलासा भएको छ, यसले गर्दा विश्वव्यापी रूपमा लगभग सबै प्रयोगकर्ता प्रभावित भएको आशंका गरिएको छ।

यो घटना कुनै ठूलो ह्याकर समूहको आक्रमणका कारण होइन, बरु व्हाट्सएपको माउ –कम्पनी मेटा पक्षको हेल्चेक्र्याईका कारण भएको अनुसन्धानले देखाएको छ। मेटालाई यस सुरक्षा कमजोरीबारे सन् २०१७ मै विशेषज्ञहरूले सचेत गराएका थिए, तर मेटाले आवश्यक कदम नचालेको तथ्य हाल बाहिरिएको हो।

युरोपको University of Vienna का अनुसन्धानकर्ताहरूले व्हाट्सएपमा भएको यस्तो सामान्य त्रुटिको प्रयोग गरेर मात्र ३० मिनेटभित्रै अमेरिकाका ३ करोडभन्दा बढी व्हाट्सएप प्रयोगकर्ताका फोन नम्बर संकलन गर्न सफल भएको जानकारी दिएका थिए।

हाल मेटाले उक्त कमजोरीलाई आफ्नो Bug Bounty Program अन्तर्गत पर्दछ भन्दै घटनालाई सामसुम गर्ने प्रयास गरिरहेको छ। तर विश्वभरिका साइबर सुरक्षा विज्ञहरूले यति ठूलो परिमाणमा व्यक्तिगत विवरण सार्वजनिक हुनु अत्यन्त गम्भीर विषय भएको भन्दै कडा आलोचना गरेका छन्।

साइबर सुरक्षामा बढ्दो जोखिमसँगै विशेषज्ञहरूले प्रयोगकर्तालाई व्यक्तिगत जानकारीको सुरक्षित उपयोग, अनावश्यक लिंक वा मेसेजप्रति सावधानी अपनाउन र टु –फ्याक्टर प्रमाणीकरण सक्रिय राख्न आग्रह गरेका छन्।