“Vianet Secures Fresh Permit – प्राधिकरणले पुन: २५ वर्षको अनुमति दियो”

समाचार

काठमाडौं । भायनेटको २५ वर्षे लाइसेन्स अवधि सकिएपछि नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीलाई नयाँ इजाजतपत्र प्रदान गरेको छ। नयाँ इजाजतपत्र प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था रहेको प्राधिकरणले जानकारी दिएको छ।

प्राधिकरणले सोमबार भायनेटको २५ वर्षे पुरानो लाइसेन्स अवधि समाप्त भएको उल्लेख गर्दै सोही दिन नयाँ इजाजतपत्र जारी गरेको हो। यससँगै भायनेटले फेरि अर्को २५ वर्षका लागि सञ्चालन अधिकार पाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भायनेट इन्टरनेट सेवा प्रदायकमध्ये चौथो स्थानमा छ। कम्पनीका ३ लाख २५ हजार सेवाग्राही छन् भने इन्टरनेट बजारमा यसले करिब १० प्रतिशत बजार हिस्सा ओगटेको छ।