‘”Durga Prasai Arrested: मंसिर ७ को आन्दोलनअघि प्रहरीको कारवाही, प्रसाईँको म्याद ४ दिन थप”

राजनीति

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा थप ४ दिनको म्याद अनुमति दिइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिएको यो म्यादको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रसाईंले मंसिर ७ गते देशव्यापी आन्दोलन गर्ने चेतावनी दिँदै तयारी गर्दै आएका थिए। तर सोही आन्दोलनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार प्रसाईंले सार्वजनिक शान्ति भंग हुने प्रकारका अभिव्यक्ति दिएका कारण उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ।