Cash + Shares Blast! लक्ष्मी सनराइज 10.53% लाभांश

बैंक/वित्त

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षका लागि १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव अनुमोदन गरेको हो।

घोषित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर तथा कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभा (AGM) ले पारित गरेपछि कार्यान्वयनमा आउनेछ।