साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक सामान्य अंकले वृद्धि भएर बन्द भएको छ । बुधबार २०.५६ अंकले घटेर २५४४.५९ विन्दुमा झरेको नेप्से आज भने ०.३१ अंकले बढेर २५४४.९१ विन्दुमा उक्लीएको हो ।
नेप्सेमा सामान्य सुधार भएपनि अघिल्लो दिनको तुलनामा यसदिन कारोबार रकम भने घटेको छ ।
बुधबार ३ अर्ब ८४ करोड ८५ लाख ८६ हजार रुपैयाँको ८४ लाख ४ हजार ६ सय कित्ता शेयर किनबेच भएको बजारमा आजभने कुल ३२९ स्टकको ३ अर्ब ४९ करोड ९८ लाख २१ हजार रुपैयाँको ७६ लाख ५ हजार ५ सय कित्ता शेयर किनबेच भएको हो ।
५० हजार ६२१ पटकको कारोबारमा यो किनबेच भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१५ अंकले घटेको छ । फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ ।
यस दिन माबिलुङ्ग इनर्जी, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, सागर डिष्टिलरी, बुङ्गल हाइड्रो र बन्दीपुर केबलकार एण्ड टुरिजमको र रु रु जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबारमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ४.८२ प्रतिशत घटेर १२६४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै कारोबा भएको छ । यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब १४ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने यूनियन हाइड्रोपावरको कारोबार रकम १३ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लघुवित्त, म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।

