काठमाडौं – एनआईसी एशिया बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित कुमार शाक्यले आज (कात्तिक २० गते) औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
शाक्यलाई कात्तिक १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले चार वर्षका लागि बैंकको सीईओमा नियुक्त गरेको थियो। निर्णय अनुसार ३० दिनभित्र पदभार सम्हाल्नुपर्ने व्यवस्था भए पनि उनले तीन दिनमै जिम्मेवारी ग्रहण गरेका हुन्।
