“बिहार चुनाव २०२५: प्रतिस्पर्धामा तेजस्वी यादव देखि सम्राट चौधरीसम्म, ३ करोड मतदाता, १२१ सिट”

अन्तराष्ट्रिय

भारतको बिहार राज्यमा १८ जिल्लाका १२१ विधानसभा क्षेत्रमा आज मतदान भइरहेको छ।

आज बिहान ७ बजेदेखि नै ४५ हजार ३४१ मतदान केन्द्रमा मतदान सुरु भएको छ । मतदान बेलुकी ६ बजेसम्म जारी रहनेछ भने ६ वटा निर्वाचन क्षेत्रमा रहेका २ हजार १३५ मतदान केन्द्रमा भने साँझ ५ बजेसम्म मात्र मतदान हुनेछ।

पहिलो चरणको निर्वाचनमा अहिलेको सरकारका दुवै उपमुख्यमन्त्री सम्राट चौधरी र विजय सिन्हा, राजद नेता तेजस्वी यादव, उनका दाइ तेजप्रताप यादव, बाहुबली नेता अनन्त सिंहलगायत अनेकजना चर्चित उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

पहिलो चरणमा कुल ३ करोड ७५ लाख १३ हजार ३०२ मतदाताले आफ्नो मतदान अधिकार प्रयोग गर्नेछन्। तीमध्ये १ करोड ९८ लाख ३५ हजार ३२५ पुरुष, १ करोड ७६ लाख ७७ हजार २१९ महिला र ७५८ तेस्रो लिङ्गी मतदाता रहेका छन्।