जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइएको छ ।
सोमबार (आज) जनकपुरधामस्थित विद्यापति चोकमा आयोजित विद्यापति स्मृति पर्व समारोहमा लोकतान्त्रिक समाजवार्दी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर र मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले संयुक्त रुपमा विद्यापतिको प्रतिमामा माल्र्यापन गरेर स्मृति पर्व मनाइएको छ ।
सो अवसरमा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री सोनलले मैथिली भाषाका महाकवि विद्यापतिको महानताको चर्चा गरेका थिए । उनले नेपालमा राज्यद्वारा प्रदान गरिने सबै भन्दा ठूलो सम्मान विद्यापतिलाई दिईनु पर्नेमा आफ्नो प्रयास रह्ने बताए । मुख्यमन्त्री सोनलले विद्यापतिको सबैभन्दा लोकप्रीय भनाई देशील बैना सब जन मिठ्ठा भन्नु अर्थ बताउँदै सबैले आफ्नो मातृ भाषाप्रति गर्व गर्नुपर्ने बताए ।

कार्यक्रममा लोसपा अध्यक्ष ठाकुरले विद्यापतिको नाम मिथिला क्षेत्रमा मात्र नभएर उत्तरी ऐशीया र दक्षिण ऐशीयाका विभिन्न क्षेत्रहरुमा पनि रहेको बताए । उनले विद्यापति मिथिलाको मात्र नभएर नेपालकै लागि गर्व गर्ने पात्र भएको उल्लेख गरे ।
