जिल्ला स्तरिय पुरुष खुला फुटबलको उपाधि जनसेवा ‘बी’ लाई

खेलकुद

मुगु । जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगताको उपाधि जनसेवाले हात पारेको छ । आयोजक क्लब चन्दननाथ–३ र जनसेवा यूवा क्लब (बी) बिच फाइनल खेल भएको थियो ।

चन्दननाथ नगरपालिका वडा नं ३ द्वारा आयोजित प्रतियोगितामा जनसेवा बी ले उपाधि हात पारेको छ ।

चन्दननाथ ३ ले उपबिजेतामा चित्त बुझाएको छ । निर्धारित समयमा दुबै क्लबले कुनै गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा गएको थियो ।

विजेता जनसेवाले १ लाख १ हजार र उपविजेता चन्दननाथ ३ ले ५० हजार ५ सय रुपैयाँ सहित नगद पुरस्कार, मेडल र ट्रफी प्राप्त गरेको फुटबल संयोजक राजवहादुर खत्रीले बताए । प्रतियोगितामा जिल्लाभरका ४४ वटा टिमको सहभागिता रहेको थियो ।

खेलकुद मार्फत युवा बिचको सम्बन्ध, एकता र उत्सवको वातावरण सुदृढ गर्न प्रतियोगिता आयोजना गरिएको वडाअध्यक्ष रतन खत्रीले बताए ।