कोरोना फैलाएको अमेरिकाको आरोपमाथि बोल्यो चीन

विविध

काठमाडौं । कोरोना भाइरस फैलाएको आफूमाथि लाग्दै आएको आरोपको विषयलाई लिएर चीनले मुख खोलेको छ ।

अमेरिकाले पछिल्ला केहि दिन यता चीनलाई कोरोना भाइरस फलाएको आरोप लागाउँदै आएको थियो । त्यसैको प्रत्युत्तरमा चीनले अमेरिकालाई एच आईभी र एन १ एन १ भाइरस फैलाएको आरोपमा किन अमेरिकालाई दण्ड हुन सकेन भन्दै अमेरिकालाई उत्तर फर्काएको हो ।

‘एचआईभी’ सार्ने तथा ‘एन-१ एन-१’ फैलाउने आरोपमा उसलाई दण्ड नभएको तर यो संकटको अवस्थामा अमेरिकाले आफूलाई एक पछि अर्काे गम्भीर आरोप लगाएकोमा चीनले आपत्ति जनाएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गेंग शुआंगले भने, ‘सन् २००९ मा एच १ एच १ फ्लू संक्रमण विश्वका २१४ देशमा फैलिएको थियो र २ लाख मानिसहरुको ज्यान गएको थियो, तर के कसैले मुआब्जाको माग गरेको थियो ? ८० औँ दशकमा फैलिएको एचआईभीको सबैभन्दा पहिला अमेरिकामा पाईएको थियो, त्यसपछि सारा विश्वमा यो फैलियो, जसका कारण सारा विश्वमा चिन्ता थपियो तर के कहिल्यै अमेरिकालाई कसैले जवाफदेही ठान्यो ?।’

वास्तवमा चीनमा सन् २०१९ को ३१ डिसेम्बरमा कोरोना देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भाइरस भन्दै चीनको मजाक उडाएका थिए । र चीनले कोरोना भाइरसको सत्यता विश्वलाई लुकाएको आरोप लगाएका थिए । साथै अमेरिकामा कोरोनाको महामारी तीव्र फैलिएपछि अमेरिकी विदेश मन्त्री माइक पम्पियोले यसको लागि चीन जवाफदेही हुनुपर्ने बताएका थिए ।

चीनको विदेश मन्त्रालयले अमेरिकाका पुराना घटनाक्रमलाई याद गर्दै सन् २००८ मा विश्व मन्दीका लागि अमेरिका जिम्मेवार रहेको बताएको छ । तर मन्त्रालयले त्यो बेला पनि अमेरिकालाई कसैले केहि नभनेको भन्दै दुखेसो पोखेको छ, साथै त्यसको जिम्मेवार पनि अमेरिका हुनुपर्ने बताएको छ ।

ट्रम्पले गत शनिवार पनि चीनले अमेरिकासँग गैर पारदर्शीता देखाएको आरोप लगाएका थिए । साथै ट्रम्पले यदि चीनले कोरोना भाइरसको महामारी फैलाएको थाहा पाएमा त्यसको गम्भीर परिणाम चीनले भोग्नुपर्ने बताएका थिए ।