प्रधानमन्त्री कार्कीबाट मन्त्रिपरिषद् विस्तार, चार नयाँ मन्त्रीको आजै शपथ

राजनीति

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पूरा गरेकी छन्। चार जना मन्त्रीको नाम शपथका लागि राष्ट्रपति कार्यालयमा पठाइसकिएको स्रोतहरूले बताएका छन्।

नयाँ मन्त्रीहरूमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनारबब्लु गुप्ता रहेका छन्। मन्त्रालयको जिम्मेवारी यसरी तोकिएको छः

  • सुधा गौतम — स्वास्थ्य तथा जनसंख्या

  • गणपति लाल श्रेष्ठ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

  • खगेन्द्र सुनार — श्रम तथा रोजगार

  • बब्लु गुप्ता — युवा तथा खेलकुद

चारै मन्त्रीको शपथ ग्रहण आजै सम्पन्न हुने अपेक्षा गरिएको छ।