फेसबुकद्वारा रिलायन्स जिओको ९ .९९ प्रतिशत सेयर खरिद

विविध

फेसबुकद्वारा रिलायन्स जिओको ९. ९९ प्रतिशतसेयर खरिद , जुन भारतको टेक सेक्टरमा हालसम्मकै सब भन्दा ठूलो  FDI हो ।

“रिलायन्स इंडस्ट्रीज लिमिटेड” (Reliance Industries), जियो प्लेटफार्म लिमिटेड (Jio Platform)  र फेसबुक इंक (Facebook) ले आज जियो प्लेटफर्ममा, ४३,५७४ करोड भा.रु. लगानीका लागि सम्झौताहरूमा हस्ताक्षर गर्ने घोषणा गरेको छ। मुकेश अंबानी नेतृत्वको Reliance Industries Limited ले बुधबार एक विज्ञप्तिमा घोषणा गरेको छ ।

३८८ मिलियन ग्राहकहरू भएको रिलायन्सको टेलिकम एकाई – रिलायन्स जिओ भने रिलायन्स प्लाटफर्मको पूर्ण स्वामित्वको सहायक कम्पनी नै रहनेछ ।

एउटा छुट्टै विज्ञप्तिमा फेसबुकले भने यो सम्झौताले भारतप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिएको कुरा बताएको छ । भारत फेसबुकको लागि सबैभन्दा ठूलो बजार हो । ३२८ मिलियन मासिक प्रयोगकर्ताहरूका साथै ४०० मिलियन व्हाट्सएप मेसेजिंगको प्रयोगकर्ताहरू छन्, जुन विश्वमै सबैभन्दा धेरै हो।