विपिन जोशीको शब नेपाल ल्याइयो, प्रधानमन्त्रीले भनिन्- प्रत्येक नेपाली आमाको छोरा

समाचार

काठमाडौं । इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ ।

हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जोशीप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थल पुगेका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित सभामा पुगेर प्रधानमन्त्री सुशीला कार्कीले श्रद्धाञ्जली व्यक्त गरेकी हुन् । उनले विपिन जन्म दिने आमाको मात्रै नभइ सिंगो नेपाली र प्रतयेक नेपाली आमाको छोरा भएको बताइन् ।