काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्।
शनिबार स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। चिकित्सकले आवश्यक परीक्षण तथा उपचारपछि आइतबार बिहान डिस्चार्ज गरेका हुन्।
यसअघि राष्ट्रपति निवास शीतल निवासमा जेनजी प्रतिनिधिहरूसँग वार्ता गर्ने कार्यक्रम तय गरिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उक्त वार्ता स्थगित गरी सोमबारका लागि सारिएको छ।

