काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको असोज २५ गते (शनिबार) बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।
यो लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरूलाई वितरण गरिनेछ।
