न त रासन पाइन् न त घर फर्किइन् : लाइनमा बस्दा बस्दै मृत्यु

विविध

एजेन्सी, ९ वैशाख, । भारतको भारतको उत्तर प्रदेशस्थित बदायूं जिल्लामा लगातार दुइ दिन राहत लिन लाइनमा बसेकी एक महिला को दोश्रो दिन लाइनमा बस्दा बस्दै मृत्यु भएको छ । अघिल्लो दिन उनको पालो नाएपछि उनि दोश्रो दिन पनि लाइनमा बसेकी थिइन । मुटुरोगी ती महिलालाई हृदयघात भएको थियो ।  एक सरकारी पसलको अगाडी रासन लिन लाइनमा उभिएकी उनको शुक्रबार मृत्यु भएको हो।

 महिलाको मृत्यु हार्ट अट्याकका कारण भएको आशंका गरिएको भारतीए सञ्चारमाध्यमले जनाएका छन्। बदायूं जिल्लामा सालारपुर बल्कको प्रह्लादपुर गाउँको शमीम बानो शुक्रबार रासनको लागि लाइनमा बसेकी थिइन्। बानोकी पति दिल्लीको एक प्राइभेट कम्पनीमा काम गर्छन्। उनी लकडाउनको कारण त्यही फसेका छन्। बानो एक दिन अघि पनि लाइनमा बसेकी थिइन्। उनको पालो आएको थिएन। दोस्रो दिन उनी बिहान आठ बजेदेखी लाइनमा बसेकी थिइन्। तर, उनले न त रासन पाइन् न त घर फर्किइन् ।