Meeting 2.0 : आज जेनजीसँग राष्ट्रपति–प्रधानमन्त्रीको संयुक्त छलफल

राजनीति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (शनिबार) बिहान जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई शीतल निवासमा भेटेर छलफल गर्ने भएका छन्। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार बिहान ९ बजेका लागि उक्त भेट तय गरिएको हो।

छलफलमा प्रधानमन्त्री सुशीला कार्की पनि उपस्थित हुने स्रोतले जनाएको छ। बैठकमा जेनजी आन्दोलनको मुख्य माग, वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन र आगामी दिशाबारे कुराकानी हुने बताइएको छ।

राष्ट्रपति पौडेलले यसअघि शुक्रबार मात्र अन्तरिम सरकार गठनसम्बन्धी सर्वदलीय बैठक सम्पन्न गरेका थिए।