काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा तोकिएको २५ करोड रुपैयाँको सीमा हटाएको छ। अब व्यक्तिगत लगानीकर्ताले पनि सीमा बिना सेयर धितो कर्जा लिन सक्ने भएका छन्।
यसअघि संस्थागत लगानीकर्ताको लागि सीमा खारेज गरिसकेको राष्ट्र बैंकले बुधबार व्यक्तिगत लगानीकर्ताका लागि पनि उक्त सीमा हटाउने निर्णय गरेको हो।
पहिले एकै बैंकबाट अधिकतम ४ करोड र सबै बैंकहरूबाट १२ करोड रुपैयाँसम्म कर्जा लिन सकिने प्रावधान थियो। पछि यो सीमा संशोधन गरी एकै बैंकबाट १२ करोडसम्मको कर्जा लिन सकिने व्यवस्था गरिएको थियो। अहिले भने सीमा नै हटाइएको हो।

यस्तै, बैंक तथा वित्तीय संस्थाहरूका लागि सेयर कारोबारमा समेत लचकता प्रदान गरिएको छ। पहिले १ वर्ष वा सोभन्दा बढी अवधिको लागि मात्र सेयर वा ऋणपत्रमा लगानी गर्न पाइने व्यवस्था थियो, तर नयाँ नियमले यो अवधिमा पनि केही सहजता ल्याएको छ।
