काठमाडौं, ८ वैशाख । नेकपा काठमाडौं जिल्ला कमिटीले काठमाडौंभित्र लकडाउनको बेला खान र बस्नको समस्या भएर कसैलाई पनि राजधानी नछाड्न आग्रह गरेको छ । लकडाउनको बेला राजधानी छाडेर बाहिरिने क्रम नरोकिएपछि नेकपा काठमाडौंले खान र बस्नको समस्याले कसैले काठमाडौं छाड्नु नपर्ने जनाएको छ ।
सोमबार सार्वजनिक अपिलमार्फत नेकपा काठमाडौं जिल्ला कमिटीले समस्यामा परेकाहरूलाई सम्पर्क गर्न नेकपा नेताहरूको मोबाइल नम्बरसमेत दिएको छ । नेकपाका जिल्ला अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले जारी गरेको अपिलमा समस्यामा परेकाहरूले सम्पर्क गर्न विभिन्न नेताहरुको नाम र नम्बरसमेत दिइएको छ ।
नेकपाले आ–आफ्नो टोलमा समस्यामा परेका व्यक्ति भेटिएमा उनीहरूको समस्या समाधानका लागि वडा, नगर र जिल्ला कमिटीहरूले समन्वय गर्ने समेत जानकारी दिएको छ ।

